ओलम्पिक प्रतियोगिता तोकिएकै समयमा गर्न जापान तयार

  चैत ०२, २०७६

काठमाडौं, चैत २ : जापानले ओलम्पिक प्रतियोगिताको तोकिएकै समयमा गर्न आफू तयार रहेको बताएको छ । जापानी प्रधानमन्त्री सिनजो अबेले ओलम्पिक प्रतियोगिता तोकिएकै समयमै गर्न जापान तयार रहेको बताएका हुन् ।

विश्वभरी फैलिइरहेको कोरोना भाइरसको संक्रमणको असरलाई टाढा राख्दै तोकिएको समयमा ओलम्पिक गर्न जापान तयार रहेको उनले बताए । ‘हामी कोरोना संक्रमणको असरलाई टाढा राख्दै बिना समस्या तोकिएको समयमा ओलम्पिक गर्न तयार छौ,’ प्रधानमन्त्री अबेले भने, ‘तर, अन्तिम निर्णय भने अन्तराष्ट्रिय ओलम्पिक समितिले नै गर्छ ।’

संक्रमणकै कारण मार्च १२ मा ग्रिसमा बालिएको ओलम्पिक टर्च रिले गर्ने कार्यक्रम रद्द भएको छ । अब टर्च रिले मार्च २६ मा फुकसिमामा हुने तय भएको छ । टर्च रिले सुरुवात गर्न आफैं फुकुसिमामा जान चाहेको प्रधानमन्त्री अबेले बताए । विश्वभर ओलम्पिक छनोट खेल स्थगित भइरहेका बेला जापानका प्रधानमन्त्री अबेको यस्तो भनाइ आएको हो ।

तपाईको प्रतिक्रिया