कोरोना एकीकृत कार्ययोजना बनाउन मुख्यमन्त्रीहरू काठमाडौंमा

  चैत ०२, २०७६

काठमाडौं, चैत २ : सरकारले सातै प्रदेशका मुख्यमन्त्रीहरूलाई कोरोनाको बिषयमा छलफल गर्न काठमाडौं बोलाएको छ । नेपालमा समेत कोरोनाभाइरस संक्रमण देखिन सक्ने खतरा बढेसँगै संघीय सरकारले सातै प्रदेशका मुख्यमन्त्रीहरुलाई काठमाडौ बोलाएको हो ।

कोरोनाको सतर्कता अपनाउन र कसरी एकीकृत कार्ययोजना बनाएर जान सकिन्छ छलफल गर्न मुख्यमन्त्रीहरूलाई बोलाइएको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका प्रेस संयोजक लोकेन्द्र केसीले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

नेपाल सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति गठन गरेसँगै सोही समितिले बैठकको आयोजना गरेर मुख्यमन्त्रीहरूलाई काठमाडौं बोलाएको हो । प्रेस सयोजक केसीका अनुसार दिउँसो एक बजे बैठक सिंहदरबारमा बस्ने गोरखापत्र अनलाइनले जनाएको छ ।

सो बैठकमा प्रदेशसँग सहकार्य गर्ने र कोरोनाको रोकथामको लागि एकीकृत योजना बनाउन बैठक बोलाइएको हो । सो बैठकमा मुख्यमन्त्रीसँगै सबै प्रदेशको सामाजिक विकास मन्त्री सहभागी हुने प्रेस संयोजक केसीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया