क्यानाडाका नागरिकलाई भ्रमण स्थगित गर्न आग्रह

  चैत ०२, २०७६

ओटावा, चैत १ : क्यानाडाका नागरिकलाई अत्यावश्यक बाहेक अन्य भ्रमण स्थगित गर्न प्रधानमन्त्री जस्टिन ट्रुडोले आग्रह गर्नुभएको छ ।

कोरोना भाइरसको संक्रमण थप फैलिन सक्ने भएकाले विशेष गरेर अन्तरराष्ट्रिय यात्रा रोक्न उहाँले आह्वान गर्नुभएको छ । उहाँले आपूm पनि सुरक्षित तरिकाले बसेको पनि जानकारी दिनुभएको छ ।

यसअघि उहाँकी श्रीमती सोफियालाई कोराना भाइरसको संक्रमण भएको बिहीबार सार्वजनिक भएको थियो । उहाँलाई पनि छुट्टै राखिएको छ ।

दक्षिण कोरियामा ७२ को मृत्यु, मनिलामा कफ्र्यु
यसैबीच दक्षिण कोरियामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७२ पुगेको छ । अधिकारीका अनुसार कूल आठ हजार ८६ जना संक्रमित भएका छन् । ती मध्ये २०४ जनालाई भने पूर्ण उपचारपछि घर फर्काइएको छ ।

उता फिलिपिन्सबाट प्राप्त समाचारअनुसार राजधानी मनिलामा कफ्र्यु आदेश जारी गरिएको छ । कोरोनाको संक्रमण फैलिन नदिन आइतबारदेखि लागु हुनेगरी शनिबार कफ्र्यु घोषणा गरिएको हो । कफ्र्यु एक महिनाका लागि घोषणा गरिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया