अफगानिस्तानमा पनि १० जनामा कोरोना भाइरसको संक्रमण

  चैत ०२, २०७६

काबुल, चैत १ : अफगानिस्तानमा कोभिड–१९ संक्रमण १० व्यक्तिमा देखिएको शनिबार प्राप्त एक समाचारमा जनाइएको छ । थप तीन जनामा सो संक्रमण देखिएपछि कोरोना भाइरसको संक्रमणको संख्या १० पुगेको बताइएको छ ।

अफगानिस्तानको पूर्वीभागमा पर्ने कपिसा प्रान्त र उत्तरी समानगान र बल्ख प्रान्तमा कोभिड–१९ संक्रमणको घटना पुष्टि भएको टोली न्यूज टिभीले सार्वजनिक स्वास्थ्य मन्त्रालयका अधिकारीलाई उद्धृत गर्दै जानकारी दिएको छ ।

हाल अफगानिस्तानमा कोरोना सकारात्मक देखिएका यी १० मा सात जना इरानबाट फर्किएका व्यक्ति रहेका जनाइएको छ । यद्यपि तीन नयाँ कोरोना भाइरस संक्रमित बाहिरबाट आएको हो वा स्थानीयरुपमा संक्रमित भएका हुन तत्काल प्रष्ट नभएको जनाइएको छैन् ।

काबुलमा राष्ट्रिय प्रयोगशालामा कूल ५२ संदिग्ध घटना अनुसन्धानरत रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया