साहित्यकार डा. डिपी भण्डारीको निधन

  चैत ०१, २०७६

काठमाडौं, चैत १ : वरिष्ट साहित्यकार एवं प्राध्यापक डा. दुर्गाप्रसाद (डिपी) भण्डारीको शनिबार निधन भएको छ । उनको राजधानीको ह्याम्स अस्पतालमा उपचारका क्रममा ८४ वर्षको उमेरमा निधन भएको हो ।

साहित्यकार भण्डारी लामो समयदेखि फोक्सोसम्बन्धी, बिर्सने रोगले ग्रसित थिए । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने सञ्चारकर्मी मुकुन्द भण्डारीले जानकारी दिए ।

साहित्यकार भण्डारीका ‘रोदी र फूल’, ‘त्यो घर्ती, त्यो आकाश’, ‘मृगस्थली’, ‘नुरो बाँसुरी बजाइरहेछ’लगायत निबन्धसंग्रह प्रकाशित छन्। यसका अलावा उनका विभिन्न पत्रपत्रिकामा फुटकर रचना पनि प्रकाशित छन् ।

डोटीको निरौलीमा जन्मिएका भण्डारीले साहित्यसँगै प्राध्यापनमा पनि सक्रिय थिए । उनले त्रिभुवन विश्वविद्यालयको अंग्रेजी विभागमा लामो समय काम गरेका थिए। यस्तै, उनले विभिन्न देशमा विश्वविद्यालयमा ‘भिजिटिङ प्रोफेसर’का रूपमा पनि काम गरेका थिए ।

तपाईको प्रतिक्रिया