एभरेष्ट तेक्वान्दो च्याम्पियनशिप स्थगित

  फागुन २९, २०७६

काठमाडौँ, फागुन २९ : आगामी चैत तेस्रो सातादेखि हुने भनिएको तेस्रो संस्करणको माउन्ट एभरेष्ट इन्टरनेशलन च्याम्पियनशिप स्थगित गरिएको छ । कोरोना भाइरसका कारण उक्त प्रतियोगिता स्थगित गरिएको नेपाल तेक्वान्दो सङ्घले जनाएको छ ।

सङ्घले आज विज्ञप्ति जारी गर्दै चैत १९ देखि २३ गतेसम्म हुने सो प्रतियोगिता अर्काे सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको जनाएको छ । अनुकूल अवस्था हेरेर प्रतियोगिताको नयाँ मिति सार्वजनिक गरिने विज्ञप्तिमा उल्लेख छ ।

अन्य देशले भाग लिन रुचि नदेखाएका कारण च्याम्पियनशिप स्थगित गर्नुपरेको सङ्घले जनाएको छ । विश्व तेक्वान्दो सङ्घले समेत सम्पूर्ण सदस्य राष्ट्रलाई प्रतियोगिता आयोजना नगर्न सङ्घलाई सुझाव दिएको छ ।

तपाईको प्रतिक्रिया