कोरोनाका कारण भारतद्वारा भ्रमण भिषामा रोक

  फागुन २९, २०७६

काठमाडौं, फागुन २९ : भारतले पनि कोरोना भाइरस (कोभिड १९) को बढ्दो प्रकोपलाई बिचार गरी सबै खाले भ्रमण भिषामा रोक लगाएको छ ।

विश्व स्वास्थ्य संगठनले कोरोनाक भाइरसको संक्रमण विश्वव्यापी भएको घोषणा गरेसँगै भारतको सो निर्णय आएको हो ।

भारतको सो निर्णयको कार्यान्वयन शुक्रबारबाट हुने त्यो अप्रिल १५ तारिक सम्म कायम रहने छ । सो प्रावधान अनुसार कुटनीतिक भिषा र अन्तर्राष्ट्रिय संघ संस्थामा कार्यरतहरूका लागि दिइने भिषामा भने रोक लगाइएको छैन ।

भारतको कोरोना नियन्त्रण सम्बन्धी विभिन्न मन्त्रालयका मन्त्रीहरू सम्मिलित उच्चस्तरीय संयन्त्रले सो निर्णय गरेको हो ।

साथै कोरोना प्रभावित सात मुलुकहरू चीन, इटाली, इरान, कोरिया, फ्रान्स, स्पेन र जर्मनीको भ्रमण गरी फर्किका सबै भ्रमणकर्ता तथा भारतीय नागरिकले कम्तिमा १४ दिनको क्वारेन्टाइनमा बस्नु पर्ने व्यबस्था छ ।

साथै भारतीय नागरिकहरूलाई पनि अति आवश्यक काममा बाहेक भारत बाहिर भ्रमणमा ननिस्कन आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया