अनौठो मन्दिर, महिलाको कपाल बेचेरै २ अर्ब

  फागुन १२, २०७६

मन्दिरको आयश्रोत के हो ? अवश्य पनि दान तथा भेटी । तर यो दुनियामा एउटा यस्तो मन्दिर पनि छ जसले महिलाको कपाल बेचेर अरबौँ आम्दानी गर्दछ ।

मन्दिरले महिलाको कपालको व्यापार गर्दछ भन्ने सुन्दा उक्त मन्दिरप्रति नै नकारात्मक धारणा बन्नु स्वभाविकै हो । यस्तो सुन्दैमा अनौठो तथा अपत्यारिलो लाग्नसक्छ । तर यो सत्य हो की दक्षिण भारतको एक मन्दिरले वर्षेनी करोडौ भारुको व्यापार गर्नेगर्छ महिलाको कपालको ।

उक्त मन्दिरको नाम हो तिरुमाला । मन्दिरमा वर्षेनी हजारौँ महिलाले आफ्नो कपाल काटेर भगवानलाई श्रद्धापूर्वक चढाउँदछन् । सोही कपाललाई बेचेर उक्त मन्दिरले वर्षेनी २ अर्ब २० करोड रुपैयाँ आम्दानी गर्दछ । महिलाको कपाल विदेशमा निर्यात गर्दछ मन्दिरले । कपाल निर्यातबाट प्राप्त रकमबाट मन्दिरले अस्पताल तथा विद्यालय निर्माण गरेको छ ।

त्यस्तै यादगिरगट्टा मन्दिरले पनि महिलाको कपालको व्यापार गरेर लाखौँ रुपैयाँ कमाउँदछ ।

स्मरण रहोस् मन्दिरमा धेरै महिलाहरुले भगवान विष्णुलाई आफ्नो प्राकृतिक कपाल चढाउँदछन् । त्यसरी मन्दिरमा कपाल चढाउने महिलाहरुले आफ्नो कपालमा मेहेन्दी तथा अन्य केमिकल लगाएका हुँदैनन् र त्यस्तो अर्गानिक कपाललाई ब्लीच गर्न सजिलो हुन्छ । साथै दक्षिण भारतमा महिलाहरुले कपालमा स्याम्पु समेत कम लगाउने हुनाले कपाल दहि्रलो हुन्छ र टुट्ने जोखिम पनि कम हुने र कालो रंगको हुनाले त्यस्तो कपालको बजारमा माग उच्च हुन्छ । बेलायतका विभिन्न पार्लरहरुमा दक्षिण भारतीय ती मन्दिरहरुका कपालको उच्च माग रहेको बताइन्छ ।

कपालको यो व्यापारबाट धेरै मालामाल भएका छन् र कपाल माफियाहरु निकै सक्रिय हुन्छन् । उनीहरुले गरीब महिलाहरुलाई फकाइफुलाई गरेर समेत मन्दिरमा कपाल चढाउन लगाउँछन् । कतिपय महिलाहरुलाई पैसाको लोभ देखाएर, लोग्नेबाट दबाब दिन लगाएर, भगवानको डर देखाएर समेत कपाल दान गर्न बाध्य पारिन्छ ।

जानकारहरुका अनुसार अन्तराष्ट्रिय बजारमा २५ इन्च लामो डार्क ब्राउन प्राकृतिक कपाल ३८ पाउण्डसम्ममा बिक्दछ । त्यो भन्दा लामो कपालको मूल्य ४५ पाउण्डसम्म पर्दछ ।

तपाईको प्रतिक्रिया