‘धुलो’को आइटम गीत सार्वजनिक

  फागुन ११, २०७६


काठमाडौं, फागुन ११ : चलचित्र ‘धुलो’को आइटम गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘चार सय चालिसको बिजुली’ बोलको गीतमा दुर्गा खरेलले स्वर दिएकी छिन् । केशव मिश्रले लेखेको गीतमा जुगल डंगोलको संगीत रहेको छ ।

रामजी लामिछानेको कोरियोग्राफीमा तयार भएको भिडियोमा बुद्धि तामाङ,अग्रज केसी र दिपाशा विसी फिचर भएका छन् । सुकुम्बासी बस्तीका दुई मजदुरले आफू डान्सबारमा गएको कल्पनालाई भिडियोमा प्रस्तुत गरिएको करियोग्राफर लामिछानेले बताए ।

राजधानीमा सडक गल्लीमा ठेलागाडा–रिक्सा चलाएर जीवनयापन गर्ने मज्दुरको जीवनशैली, सपना, संघर्ष र अबस्थाको बिषयमा तायर भएको यस चलचित्रलाई प्रद्युम्न मिश्रले निर्देशन गरेका हुन् । मिश्रको यो डेब्यु चलचित्र हो ।

फागुन १६ गतेबाट रिलिज हुने चलचित्रमा बुद्धि र अग्रजसँगै सृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे, बालकलाकार सुदीप कार्की लगायतको अभिनय रहेको छ । चलचित्रमा नीर शाह, सुशिल पोखरेल र लक्ष्मी बर्देवालाई विशेष भूमिकामा देख्न सकिने छ ।

दीपा धरेलको प्रस्तुतकर्ता रहेको चलचित्रमा लक्ष्मी गौतम र नानीराम फुँयालको लगानी रहेको छ । रविन आचार्यले खिचेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका छन् ।

सम्वन्धित शिर्षक

सब्स्क्राईब गर्नुहोस्

साझा खबरलाई सब्स्क्राईब गरि तपाईले अब आफ्नै इमेलमा महत्वपूर्ण समाचारहरु पाउनु हुनेछ ।