सवारी दुर्घटनामा परी दुई युवकको मृत्यु

  माघ २४, २०७६

गौशाला, २३ माघ २३ : महोत्तरीका दुई अलगअलग स्थानमा भएको सवारी दुर्घटनामा परी दुई युवकको मृत्यु भएको छ । आज दिउँसो यात्रुवाहक बससँग मोटरसाइकल ठोक्किदा पिपरा गाँउपालिकाकाका १७ वर्षीय राजेन्द्र शर्माको घटनास्थलमै मृत्यु भएको छ ।

जलेश्वरबाट जनकपुरतर्फ गइरहेको ज१ख ७५८ नम्बरको यात्रुवाहक बससँग ज७प ८५४५ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालका शर्माको घटनास्थलमै मृत्यु भएका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

मृतक शर्माको शव परीक्षणका लागि जलेश्वर अस्पतालमा राखिएको छ । बस र त्यसका चालक जिल्ला प्रहरी कार्यालय धनुषाको नियन्त्राणमा रहेको महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

त्यस्तै गएराति महोत्तरीको गौशाला–सम्सी सडकखण्डअन्तर्गत औरही नगरपालिका–४ स्थित कठुधारमा भएको सवारी दुर्घटनामा परी स्थानीयवासी २२ वर्षीय उमेश यादवको मृत्यु भएको छ ।

सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका उमेशको उपचारका लागि जनकपुरतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । प्रहरीका अनुसार यादवले चलाउँदै आएको वी आर ३० ई ७६९९ नम्बरको भारतीय मोटरसाइकल बाटोको छेउमा रोकिराखेको अवस्थामा ज १ त ९१९९ नम्बरको उखु लोड गरिएको ट््याक्टरले ठक्कर दिँदा सो दुर्घटना भएको प्रहरी निरीक्षक प्रकाश रेग्मीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया