हलिउडका सुप्रसिद्ध कलाकार कर्क डग्लसको निधन

  माघ २३, २०७६

लस एन्जेलस, २३ माघ : हलिउडको इतिहासमा फिल्म निर्माणमा स्वर्णकाल मानिएको सन् १९४० को दशकका सुप्रसिद्ध कलाकार कर्क डग्लसको १०३ वर्षको उमेरमा बुधबार निधन भएको छ । आफ्नो समयमा निकै ख्याती कमाएका “स्पार्टाकस” र “पाथ्स् अफ ग्लोरी”जस्ता चलचित्रमा उहाँले मुख्य भूमिका निर्वाह गर्नु भएको थियो ।

सन् १९४० को दशकको अन्त्यतिर उहाँले अभिनय गरेका चलचित्र औधि रुचाइएका थिए । उहाँ अभिनयका अलावा फिल्म निर्माता र निर्देशकको शसक्त भूमिकामा पनि हुनुहुन्थ्यो । करिब छ दशकको कलायात्रामा उहाँले करिब १०० वटा चलचित्र निर्माण गर्नुभएको थियो ।

उहाँका छोरा एवम् ओस्कार विजयी कलाकार तथा फिल्म निर्माता माइकल डग्लसले आफ्ना पिताको निधन बेभर्ले हिल्समा आफ्नै निवासमा भएको पुष्टी गर्नुभयो । उहाँले पिताको निधनका बारेमा फेसबुकबाट सार्वजनिक गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया