औद्योगिक व्यवसाय विकास प्रतिष्ठान विधेयक पारित

  माघ २२, २०७६

काठमाडौं, २२ माघ : राष्ट्रियसभाको बुधबारको बैठकले ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक, २०७६ पारित गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उक्त विधेयक पारित गरियोस् भनी गरेको प्रस्ताव बैठकले सर्वसम्मतिबाट पारित गरेको हो ।

यसअघि मन्त्री भट्टले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित उक्त विधेयकमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सो विधेयकमाथिको छलफलमा कुनै पनि सांसदले भाग लिएनन् ।

तपाईको प्रतिक्रिया