सहमतिमा सामुहिक यौन सम्वन्ध पैसामा बिवाद भएपछि हत्या, ५ आरोपी सार्वजनिक

  माघ २१, २०७६

हेटौंडा, २१ माघ : गत ४ माघमा हेटौंडाको क्याम्पाडाँडामा मृत फेला परेकी अजिता भुजेलको हत्यामा संलग्नलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, मकवानपुरले मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै हत्यामा संलग्न ५ अभियुक्तको नाम सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा हेटौंडा–९ बस्ने वर्ष १८ का सिमोन परियार, हेटौंडा–४ बस्ने वर्ष २४ का आशिष बल, हेटौंडा–१४ बस्ने वर्ष २१ का बुद्ध लामा र हेटौंडा–४ बस्ने वर्ष २५ का सशील थापा मगर छन् । घटनामा संलग्न २ जना भने अझै फरार छन् ।

उनीहरुले ती महिलासँग ७ हजार रुपैयाँ दिने सहमतिमा यौन सम्पर्क राखेको र यौन सम्पर्कपछि पैसा दिने कुरामा विवाद भएपछि हत्या गरेको वयान दिएका छन् ।

उनीहरुले ना ६ ख ६५२७ नम्बरको ट्रकको क्याबिनमा ती महिलासँग यौन सम्पर्क गरेका थिए । पैसामा कुरा नमिलेपछि चारै जना मिलेर ट्रकभित्रै अजिताको हत्या गरेर क्याम्पाडाँडामा लगेर फालेको जनाइएको छ ।

प्रहरीले अजिताले बोक्ने मोबाइलको माध्यमबाट अभियुक्तलाई पक्राउ गर्न सफल भएको हो । मृतक अजिताले बोक्ने मोबाइल हेटौंडा–११ बस्ने वर्ष २० का एलिसा पाख्रिनबाट बरामद भएको थियो । पाख्रिनको माध्यमबाट अन्य चार जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया