उहानमै ७० भन्दा बढी कोरोना भाइरसको उपचार केन्द्र

  माघ १७, २०७६

उहान, १७ माघ : मध्यचीनमा पर्ने हुबेइ प्रान्तमा नोबेल कोरोना भाइरसको सङ्क्रमणको उपचारका लागि ७० भन्दा बढी नयाँ स्वास्थ्य सेवा केन्द्र खोलिएको छ ।

उहानको बाहिरका इलाकामा आपतकालीन प्रयोगका लागि अस्पतालले नयाँ निर्माण विस्तार गरिएको प्रान्तको प्रमुख जियांग चाओलिङ बताउनुभएको छ ।

यी स्वास्थ्य केन्द्रले ग्रामीण इलाकामा कोरोना भाइरसका कारण भएको निमोनियासँग लड्न मद्दत पु¥याउने बताइएको छ ।

जुन स्थानमा कम जागरुकता र चिकित्सा सुविधाको अभावले महामारीबिरुद्व लड्ने प्रयासको अवरोधलाई हटाएर एकसाथ अगाडि बढाउन सहयोग हुने बताइएको छ ।

अधिकारीका अनुसार गाउँ समुदायमा प्रशिक्षण सत्र सञ्चालन गरी जनचेतना बढाइने पनि गरिएको छ । दैनिकरुपमा ग्रामीण क्षेत्रमा फर्केका मान्छेको तापक्रम नाप्ने र स्वास्थ्य अवस्थाको जाँच गर्ने काम लगाइने बताइएको छ ।

हुबेइ प्रन्तमा हालै मात्र कोरोना भाइरसका कारण एक हजार २२० नयाँ सङ्क्रमित भएका र बिहीबार मात्र पनि थप २४ व्यक्तिको मृत्यु भएको अधिकारीले बताएका छन् ।

चिनियाँ स्वास्थ्य अधिकारीकाअनुसार बिहीबार अबेर रातीसम्म यस भाइरसबाट २१३ जनाको मृत्यु भएको र नौ हजार ६९२ जना सङ्क्रमित भएका छन् ।

त्यसैगरी यस भाइरसका कारण अस्पताल भर्ना भएका १७१ जना अस्पतालबाट घर फर्किएका पनि समाचारमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया