पल र यूवराजसँग वर्षाको ‘मलमल सारी’

  पुष १७, २०७६

गायक यूवराज चौलागाँइले ‘मलमल सारी’ बोलको गीत बजारमा ल्याएका छन् । यूवराजको स्वर तथा संगीत रहेको यो गीतमा गोपी श्रेष्ठ र अनुष्का पाठकको शब्द छ ।

गायक चौलागाई चलचित्रको पाश्र्व गायनमा पनि जमिरहेका छन् । यो गीतले एक यूवतीको मलमल सारी र सुन्दरताको बयान गरेको छ । गीतको भिडियोमा मोडल पल शाह, वर्षा राउत र यूवराज चौलागाइले नै मोडलिङ गरेका छन् ।

कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा दीपकराज सुनारको कोरियोग्राफी, सुदिप बरालको छायांकन, अर्जुन जीसीको सम्पादन छ । भिडियोका लागि पनि गायक चौलागाइले निकै नै मिहिनेत गरेका छन् । यो गीत भने औषत छ । Source: onlinekhabar

तपाईको प्रतिक्रिया