खेलकूदमा नेपाल दक्षिण एशियामै दोस्रो शक्ति : सञ्चार मन्त्री

  पुष १५, २०७६

कञ्चनपुर, १५ पुस (रासस) : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले खेलकुदका क्षेत्रमा नेपाल दक्षिण एशियामामा दोस्रो शक्तिका रूपमा देखापरेको बताउनुभएको छ ।

कञ्चनपुरको भीमदत्तनगरमा आयोजित ‘जैविक धार्मिक पर्यटन मार्ग म्याराथुन प्रतियोगिता’ को आज उद्घाटन गर्दै उहाँले खेलकुद क्षेत्रका प्रतिभाहरूको खोजी गरी उनीहरूलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।

मन्त्री बाँस्कोटाले सुन्दर सुदूरपश्चिममा मनोरम पर्यटकीय क्षेत्रहरू रहेकाले यसको अध्ययन र अनुसन्धान हुनुपर्नेमा जोड दिदैं कृषि, पर्यटन र जडीबुटीको भण्डारका रूपमा रहेको सुदूरपश्चिम क्षेत्रको समृद्धि यसबाटै हुन सक्ने बताउनुभयो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको बाह्रसिङ्गा, सैपाल हिमाल, खप्तड लगायतका पर्यटकीय क्षेत्र सुदूरपश्चिम क्षेत्रमा नै पर्दछन् । “पर्यटकलाई यहाँसम्म पु¥याउनका लागि भौतिक पूर्वाधारसँगै सहज रूपमा घुम्ने वातावरण कायम गरिनुपर्छ”, उहाँले भन्नुभयो, “ऋषिमुनिहरूको चिन्तनको थलो र जडीबुटीको खानी खप्तडको विकास गरिनुपर्छ र यसका लागि सरकार प्रतिबद्ध छ ।”

तपाईको प्रतिक्रिया