किसानलाई वर्षाको पानी धेरै

  मंसिर ३०, २०७६

बाँके, ३० मंसिर : वर्षाका कारण बाँकेका किसानहरूले लगाएको अन्न तथा दलहन, तेलहन र तरकारी खेतीमा आवश्यकताभन्दा धेरै पानी जमेर नोक्सानी पु¥याएको हो । बाँकेका पानी जम्ने अधिकांश खेतमा लगाइएको बालीमा ९० प्रतिशत बढी क्षति पुगेको किसानले बताएका छन् । उच्च स्थानमा लगाएको बाली ३०÷४० प्रतिशतसम्म नोक्सानी पु¥याएको सीतापुरका किसान यमबहादुर महतराले जानकारी दिए ।

उनले किसानको खेतबारीमा ठूलो नोक्सानी हँुदासमेत कृषि ज्ञान केन्द्रले चासो नदेखाएको गुनासो गरे । बाँकेको ८वटै स्थानीय तहका किसानलाई वर्षभरी खान लगाइएको बालीलाई एकैदिन परेको पानीले नोक्सान पारेपछि यो वर्ष दलहन तथा तेलहन बालीको उत्पादन घट्ने बाली वैज्ञानिक रामदास चौधरीले बताए । कृषि ज्ञान केन्द्र नेपालगञ्जका प्रमुख सागर ढकालले जमेको पानी कटाउन सकिए नोक्सानी कम हुने प्रतिक्रिया दिए ।

उनले शनिबारदेखि घाम लागेकाले गहुँ बालीमा भने कम नोक्सानी हुने बताए । वर्षातले मसुरोलगायत अन्य हिउँदे बालीको परीक्षण र बीउ उत्पादनमा प्रतिकूल असर पुगेको कोशेबाली अनुसन्धान कार्यक्रमका संयोजक राजेन्द्र दराईले जानकारी दिए । पानीका कारण पुगेको असरले लक्ष्यअनुसार प्रगति नहुने देखिएको संयोजक दराईले बताए । बीउ उत्पादनका लागि बनाइएको नर्सरीमा समेत ७० प्रतिशत नोक्सानी भएको उनको भनाइ छ ।

अनुसन्धान कार्यक्रममा बीउ उत्पादन कार्यक्रमका लागि चार हेक्टरभित्र ५० वटा व्याडहरू बनाएर अनुसन्धान गरिएको छ । कोशेबाली कार्यक्रमले विशेषगरी दलहनमा चना, राजमा र मसुरोलाई प्राथमिकता दिएर अनुसन्धान गरिरहेको दराईले जानकारी दिए । जमेको पानीलाई बाहिर फालेको र अब हुनसक्ने ढुसीको प्रभावलाई रोक्न प्रयास थालिएको उनले बताए ।

तपाईको प्रतिक्रिया