फिलिपिन्समा भूकम्प सातको मृत्यु

  मंसिर ३०, २०७६

मिन्दानाओ, फिलिपिन्स, ३० मंसिर : फिलिपिन्सको दक्षिणी क्षेत्र मिन्दानाओको पहाडी इलाकामा आइतबार ६.८ म्याग्नीच्युडको भूकम्प आएको छ । यस भूकम्पमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ ।

माग्सायसायदेखि तीन माइल दक्षिणपूर्व क्षेत्रमा भूकम्पको केन्द्रविन्दु रहेको प्रकोप जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यालयका अधिकारीहरुलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यस भूकम्पबाट ज्यान गुमाउन व्यक्तिहरुमा छ वर्षीया एक बालिकासमेत रहेकी जनाइएको छ । अन्य छ जनाको शव भने पदादा शहरमा रहेको व्यापारिक भवनभित्र च्यापिएको अवस्थामा उद्धारकर्ताहरुले सोमबार फेला पारेका स्थानीय पत्रिका फिल्स्टार ग्लोबलले जनाइएको छ ।

खोजी तथा उद्धार कार्य अहिले पनि जारी रहेको अधिकारीहरुले जनाएका छन् । भूकम्पपछिको पहिलो चार घण्टासम्म १७९ वटा पराकम्प गएको पनि उनीहरुले जनाएका छन् ।

तपाईको प्रतिक्रिया