झरीले काँचो इँटा नष्ट

  मंसिर ३०, २०७६

वीरगञ्ज, ३० मंसिर : बेमौसमी झरीले बारा र पर्सा जिल्लामा रहेका इँटा उद्योगलाई असर पु¥याएको छ । व्यवसायिकका अनुसार दुईदिनको झरीले करिव १० करोडभन्दा बढीको काँचो इँटालाई क्षति पु¥याएको छ । इँटा व्यवसायी सङ्घ बारा पर्साका महासचिव रवीन्द्रप्रसाद यादवले झरीले पोल्न तयारी अवस्थामा राखिएको इँटा नष्ट पारेको बताए ।

उनले भने, ‘एक महिनादेखि मजदूर लगाएर काँचो इँटा बनाउन लगाएका थियौँ । बेमौसमी झरीको कारण पोल्न राखेको सबै इँटा गलेर नष्ट भएको छ । आर्थिक समस्या आइपरेको छ ।यी दुई जिल्लामा करिब २०० इँटा उद्योग रहेका छन् । इँटा गलेर नष्ट भएपछि आर्थिक समस्या भोग्नुपरेको व्यवसायीको गुनासो रहेको छ । मजदूरलाई काम गर्नुपूर्व नै भुक्तानी दिनुपर्ने कारण समस्या परेको उनीहरूले जनाएका छन् । भारतका विहार, उत्तर प्रदेश लगायत क्षेत्रबाट काम गर्न मजदूर उद्योगमा आउने गर्दछन् ।

तपाईको प्रतिक्रिया