नगरप्रमुख नेपालीद्वारा घर पुनःनिर्माणमा सहयोग

  मंसिर ३०, २०७६

बागलुङ, ३० मंसिर : ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीले निसीखोला गाउँपालिका१ देवीस्थानका छविलाल कुँवरको आगलागीले क्षति भएको घर पुनःनिर्माणमा आर्थिक सहयोग गर्नुभएको छ ।

उनले घर पुनःनिर्माणका लागि नगद एक लाख, ५० बोरा सिमेन्ट, जस्तापातासहित निर्माण सामग्री सहयोग गर्नुभएको हो । चार कोठासहितको एकतले घर र शौचालय बनेको अग्निपीडित कुँवरले जानकारी दिए । केही दिनमा नयाँ घरमा सर्ने तयारी गर्दैछु ।उनले खुशी हुँदै भने ।

आगलागीले घर जलेपछि उनको परिवार आफन्तकोमा आश्रय लिएर बस्दै आएका थिए । विपद्मा परेका व्यक्ति, परिवारको पुनःस्थापनामा सबैले सहयोग गर्नुपर्नुपर्छ नगरप्रमुख नेपालीले भने दुःख, अप्ठेरोमा परेकालाई व्यक्तिगत रुपमा सहयोग गर्दै आएको छु, आफू पनि दुःखमै हुर्केकाले सहयोगको भावना जागिहाल्छ ।

नगरपालिकाले आगलागी, बाढी, पहिरोजस्ता प्राकृतिक प्रकोपबाट पीडित परिवारलाई आर्थिक सहायता प्रदान गर्दै आएको छ । केही महिना अगाडि गलकोट नगरपालिका९ मल्मका ७८ वर्षीय चन्द्रबहादुर र उनीकी ८० वर्षीया श्रीमती सरस्वती राम्जालीका लागि नगरपालिकाले घर निर्माण गरिदिएको थियो ।

तपाईको प्रतिक्रिया