बस दुर्घटनामा १४ जनाको मृत्यु, १६ घाइते

  मंसिर २९, २०७६

चौतारा, २९ मंसिर : सिन्धुपाल्चोकको लामोसाँघुजिरी सडकअन्तर्गत खाडीचौरको चार किलो भन्ने स्थानमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । दोलखाको कालिञ्चोकबाट भक्तपुरतर्फ आउँदै गरेको बा४ख ४४६८ नं को रिजर्भ बस आज बिहान ८:१५ बजे सडकबाट करीब १०० मिटर तल खसेर दुर्घटना परेको थियो ।

दुर्घटनामा १८ जना घाइते भएका इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए । घाइतेमध्ये दुई जनालाई काठमाडौँ पठाईएको र अन्यको खाडीचौरस्थित सदावहार अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।

घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका साथै स्थानीयवासीद्वारा उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया